नेपाली सेनाको सफा हिमाल अभियानमा सुर्य नेपालको सहयोग

काठमाडौं । नेपाली सेनाले संचालन गर्न लागेको ‘सफा हिमाल अभियान २०२३’ लाई १ करोड १० लाख रुपैया सहयोग गर्ने भएको छ । यो अभियान अन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथा सहित अन्न्पूर्ण र लोत्से हिमालको सफाई गर्ने उद्देश्य रहेको छ ।

सूर्य नेपालले सो अभियानमा नेपाली सेना र गैर सरकारी संस्था ‘सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट, नेपाल’ सँग साझेदारी गरी आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम सहयोग गर्न लागेको हो ।

एक कार्यक्रमकाबीच नेपाली सेना, सुर्य नेपाल र सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट बिच सफा हिमाल अभियान २०२३ लाई सहयोग गर्ने सम्बन्धमा त्रीपक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुन्दर कुमार पान्डे, प्रमुख सेनानी किसोर अधिकारि, सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट, नेपालका आनन्द मिश्रा, सूर्य नेपालका प्रबन्ध निर्देशक रवी के रायवरम र प्रवन्धक प्रेम नारायण अर्यालको सहभागिता रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया