बाजुराका विद्यार्थीलाई सानिमा रिलायन्सद्वारा झोला वितरण

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बजेडी आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरूका लागि शैक्षिक सामग्री राख्ने झोला वितरण गरेको छ । कम्पनीले बाजुराको बजेडी आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरूका लागि शैक्षिक सामग्री राख्ने झोला वितरण गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीको तर्फबाट क्षेत्रीय प्रबन्धक गणेश उप्रेतीको उपस्थितिमा १४७ थान शैक्षिक सामग्री राख्ने झोला विद्यालयका विद्यार्थीहरूलाई हस्तान्तरण गरिएकाे हाे । हाल यस विद्यालयमा इसिडी देखि कक्षा ८ सम्मका १४७ विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । कम्पनीले मुलुकको अति पिछडीएको जिल्लामा न्यून आय भएका जेहेन्दार विद्यार्थीहरूको दुखमा मलम लगाउने कार्य गरेको छ ।

प्रतिक्रिया