काठमाडौँ । एमएडब्लु वृद्धिले अन्तर्राष्ट्रिय स्तरको टुनल्यान्ड जी–७ अब नेपालमा पनि भित्र्याउने तयारीमा रहेको बताएको छ । यो नेपाली बाटोहरूमा सफलतापूर्वक सञ्चालन गर्न सकियोस् भनेर विशेष परीक्षण, अनुसन्धान र विकास गरिएको एक शक्तिशाली गाडी हो ।
यसले नेपालको विभिन्न भूभागमा १ वर्षसम्म गरिएको परीक्षण पार गर्दै नेपालको जटिल तथा विविधयायुक्त सडक अवस्थाका लागि आवश्यक पर्ने क्षमता, शक्ती र साइजका लागि आफ्नो उपयुक्तता प्रमाणित गरिसकेको छ ।
उन्नत फिचरहरूसँगै टुनल्यान्ड जी–७ बलियो मात्र नभई फराकिलो पनि छ । यसमा १६० हर्सपावरको इन्जिन र ३९० एनएम टर्क छ, जसले हरेक किसिमका सडकमा आवश्यक पर्ने प्रदर्शन क्षमताहरू प्रदान गर्छ । सुरक्षाका दृष्टिकोणले चालकहरूका लागि ‘हिल होल्ड कन्ट्रोल’ र ‘हिल डिसेन्ट कन्ट्रोल’ जस्ता सुविधाले सहुलियत प्रदान गर्दछन् । टुनल्यान्ड जी–७ एउटा यस्तो सम्पूर्ण प्याकेज भएकोले शक्ति, सुरक्षा र लक्जरी एकै ठाउँमा ल्याएको कम्पनीको दाबी छ ।
प्रतिक्रिया