आई.एम.ई डिजिटल सोलुसन र ललितपुर महानगरबीच सम्झौता

काठमाडौँ । आई.एम.ई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिका बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार विद्युतिय कर भुक्तानीमा महानगरपालिकाले आई.एम.ई डिजिटल सोलुसन लिमिटेडको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्ने जनाएको छ ।
सम्झौता–पत्र हस्ताक्षर कार्यक्रममा दुई संस्था बिच सो सहमति भएको हो । सम्झौता पत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरेका हुन ।

सो सेवा आइएमई पे एपमा लाइभ भएपश्चात ललितपुर महानगरपालिकाका स्थानीय बासिन्दाले स्थानीय सरकारलाई तिर्नुपर्ने कर, घर–बहाल कर, सम्पत्ति कर र व्यवसायिक कर सजिलै आइएमई पे एपबाट तिर्न सक्ने पनि उल्लेख छ । आइएमई पे आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको पनि उल्लेख छ ।

प्रतिक्रिया