वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

काठमाडौ । वृज सिमेन्टले प्रायोजन गरेका तेह्रौं राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । ‘दिगो विकास र समृद्व नेपालको लागि प्रविधि’ भन्ने नाराका साथ माघ २० बाट उक्त तीन दिने प्रदर्शनी शुरु भएको थियो ।

प्रतियोगितामा फोटोग्राफी, क्विज, टे«जर हण्ट, पेपर ब्रिज कम्पिटिसन, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, सर्भेइङ्ग च्यालेन्ज, मोडल कम्पिटिसन, सेक टेबल कम्पिटिसन,पोएट्री कम्पिटिसन, ओलमपियाड गरी १२ विधामा विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो ।

प्रर्दशनीमा ललितपुर महानगरपालिका मेयर चिरीबाबु मर्हजन,नेपाल इन्जिनियर्स एशोसिएसनका सदस्य लगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो । प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई वृज सिमेन्टका सियिर ब्राण्ड म्यानेजर अमित श्रेष्ठले वृज सिमेन्ट ट्रफी प्रदान गरेका थिए ।

सिभिल इन्जिनियर विधार्थी समाज नेपालद्वारा आयोजित राष्ट्रिय सिभिल इन्जिनियरिग प्रदर्शनी तथा प्रतियोगितामा विगत ९ वर्ष देखी वृज सिमेन्टले ट्रफी प्रायोजन गर्दै आएको छ । वृज सिमेन्ट केडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवा–लुम्विनीमा रहेको छ । वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट, ४३ ग्रेडसाधारण पोर्टल्याण्ड सिमेन्ट र पोर्टल्याण्ड स्लाग सिमेन्ट सिमेन्ट उत्पादन गरि विक्री वितरण गर्दैै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीको गुणस्तरीय उत्पादन र सहज आपुर्तिको व्यवस्थापनका कारण नै देशको अधिकाशं स्थानमा वृज सिमेन्टको माग भैइरहको बताएको छ । नेपाल सिभिल इन्जिनियरिग अन्र्तगत निर्माण क्षेत्रमा वृज सिमेन्टले गुणस्तरीय सिमेन्टको छवि बनाएको छ । त्यसैअनुसार देशभरका आम नेपाली उपभोक्ताबीच यो सिमेन्ट परिचित भएको छ र बिक्री वितरण हुँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया