युइएफए असिस्ट यू–१७ च्याम्पियनसिपलाई खेलाडी छनोट

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युइएफए असिस्ट यू–१७ महिला च्याम्पियनसिप २०२३ का लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । बंगलादेशमा आयोजना हुने च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक भगवती राना मगरले शुक्रबार २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेकी हुन् । यू–१७ टोलीका लागि एन्फाले पाँच दिनसम्म एन्फा कम्प्लेक्समै खुल्ला छनोट गरेको थियो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले युइएफए असिस्ट कार्यक्रमअन्तर्गत हुन लागेको च्याम्पियनसिप मार्च २० देखि ३१ सम्म बंगलादेशको ढाकामा हुँदैछ । भगवतीकै प्रशिक्षणमा नेपालको यू–१५ महिला टोलीले बंगलादेशमा भएको साफ यू–१५ च्याम्पियनसिपको ऐतिहासिक उपाधि जितेको थियो ।

गोलकिपर – सुजाता तामाङ (चितवन), राधिका ओली (दाङ), पुष्पा रोकाया (कैलाली) र करुणा बुढाथोकी (बारा)

डिफेन्डर – अमिता भुल (कैलाली), माया मास्के (स्याङ्जा), झुमा विश्वकर्मा (मोरङ), विपना स्नेही (कैलाली), सीता रोकाया (कैलाली), लिला चन्द (कैलाली), अञ्जना पुन मगर (दाङ), प्रेना डोल्मा लामा (सर्लाली), दिपा मगर (उदयपुर), सिमरन राई (झापा), रेणु लिम्बु चाबेगु (झापा)

मिडफिल्डर – रुपा लिम्बु (मोरङ), दिलमाया घिसिङ (बारा), भावना परियार (स्याङ्जा), विकल्प कुमारी चौधरी (कैलाली), सुमी हाङ्मा राई (सप्तरी), सुक्रिया मिया (स्याङ्जा), काजल स्याङ्तान (रौतहट), सुशीला केसी (चितवन) र पुनम चेम्जोङ (पाँचथर)

फरवार्ड – सेनु परियार (नवलपुर), दीपा रोकाया (कैलाली), वर्षा ओली (कैलाली) र कविता गुरुङ (रौतहट)

प्रतिक्रिया