आर्मीले निकाल्यो पहिलो जित

टाइगर कप भलिबल

पोखरा । विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी भलिबल क्लबले तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रण क्लब भलिबल च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । सोमबार पोखरा रंगशालास्थित कोर्टमा आर्मीले पाहुना टोली श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो जित निकालेको हो ।

आर्मीले सेन्ट जोसेफलाई निकै प्रतिस्पर्धात्मक पहिलो सेटमा २५–२०, २५–१७, २५–१० को जित निकाल्यो । आइतबार भएको पहिलो खेलमा आर्मी अर्काे विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । टाइगर कपमा महिलातर्फ चार टोलीले प्रतिस्पर्धा गरेका छन् । राउन्ड रोबिन लिगपछि हुने सेमिफाइनलमा शीर्ष टिमले चौथो स्थानमा रहेको टिमसँग र दोस्रो स्थानमा रहने टिमले तेस्रो स्थानमा रहने टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

पुरुषतर्फ पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ आर्मी, नेपाल पुलिस क्लब, गण्डकी, एपीएफ र श्रीलंकाको सेन्ट जोसेफ वाच स्पोर्ट्स क्लब रहेका छन् । दुवैतर्फको विजेताले समान चार लाख प्राप्त गर्नेछन् ।

प्रतिक्रिया