नेपाली आकाश कति सुरक्षित ?

एक सय ४ हवाई दुर्घटना, साढे आठ सय बढीको मृत्यु

काठमाडौं । हवाई उडानका लागि नेपाली आकाश सुरक्षित छैन भन्ने आरोप फेरि एकपटक पुष्टि भएको छ । आइतबार बिहान काठमाडौंदेखि पोखराका लागि ६८ यात्रु बोकेर उडेको यति एयरलाइन्सको ९एन–एएनसी विमान गन्तव्यमा नपुग्दै दुर्घटनामा परेपछि आरोप थप पुष्टी हुन पुगेको हो ।

विमानमा चार जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए । यो आन्तरिक उडानतर्फको हालसम्मकै ठूलो दुर्घटना हो । यसअघि १४ मार्च २०१८ मा बंगलादेशबाट नेपाल आएको युएस–बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त हुँदा ५१ जनाको मृत्यु भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् १९५५ अप्रिलमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।

माथिको व्यवस्थापनबाट जवर्जस्ती ‘यसरी उडाऊ न’ भन्नेदेखि लिएर अन्य विषयमा समेत पाइलटलाई दबाब दिइन्छ । पोखराको विमानस्थल सञ्चालनमा ल्याउन चार पाँच महिनाअगाडि स्थलगत निरीक्षण गरेर प्रतिवेदनसमेत बुझाएको थिएँ । तर, प्रतिवेदनअनुसार केही कामहरू नभएको देखियाे।

१९६० यता मात्र नेपाली आकासमा झण्डै ६० वटा विमान दुर्घटनामा परिसकेका छन् । जसमध्ये ३५ वटा विमान त सन् २००६ यता मात्र दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । जसमा ६ सय १८ जना यात्रुले ज्यान गुमाएका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरणको ‘एभिएसन सेफ्टी रिपोर्ट’ अनुसार व्यावसायिक आन्तरिक उडानतर्फ पोखरामा आइतबार भएको यो ५०औँ दुर्घटना हो । त्यस्तै नेपालमा हालसम्म एक इन्जिनयुक्त आठ वटा जहाज दुर्घटना भएका छन् । जसमा हेलिकोप्टरतर्फ ३६ र विदेशी १० वटा वायुसेवासमेत गरी नेपालमा हालसम्म १ सय ४ वटा हवाई दुर्घटना भइसकेको रिर्पोेटमा उल्लेख छ ।

दुर्घटनामा अहिलेसम्म साढे आठ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । आइतबारको पोखरा दुर्घटनाबाहेक हालसम्म यी हवाई दुर्घटनामा ८ सय ४९ को मृत्यु भइसकेको प्राधिकरणले जनाएको छ । जसमा आन्तरिकतर्फ ३ सय ६४, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५, हेलिकोप्टरतर्फ ८५ र विदेशी वायुसेवातर्फ ३ सय ७५ गरी गरी जम्मा ८ सय ४९ को मृत्यु भइसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आइतबार पोखराका लागि चार चालक दल र ६८ जना यात्रु बोकेर काठमाडौंबाट उडेको यति एयरको एटिआर विमान घटना यति समूहको २४ वर्षयता भएको १४औँ हवाई दुर्घटना हो ।

यसअघि गत जेठमा जोमसोमका लागि १९ जना यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटनाग्रस्त भएको थियो । सुगम उडानमा यतिको नाममा पाँच वटा एटिआर विमान भएको यो कम्पनीसँग अब चार वटा एटिआर बाँकी छन् ।

आकाश असुरक्षित होइन, समन्वय अभाव : नारायण डंगोल, उड्डयनविज्ञ

नारायण डंगोल, उड्डयनविज्ञ

नेपालको आकाश असुरक्षित छ भन्न मिल्दैन । जहाज उडाउनेले राम्रोसँग उडाउनुपर्यो । नियमनअनुसार उडान गर्नुपर्यो । अनुशासनको अभाव भइरहेको छ । माथिको व्यवस्थापनबाट जवर्जस्ती ‘यसरी उडाऊ न’ भन्नेदेखि लिएर अन्य विषयमा समेत पाइलटलाई दबाब दिइन्छ । पोखराको विमानस्थल सञ्चालनमा ल्याउन चार पाँच महिना अगाडि स्थलगत निरीक्षण गरेर प्रतिवेदनसमेत बुझाएको थिएँ । तर, प्रतिवेदनअनुसार केही कामहरू नभएको देखियो । राम्रोसँग कामकारबाही नभएको, एयर ट्राफिकलाई तालिम दिने कुरामा पनि संवेदनशील नभएको देखियो । तालिम एक/दुई दिन दिएर हुँदैन । महिनौँ लाग्छ ।

आइतबार भएको जहाज दुर्घटनाका पाइलट धेरै सिनियर हुन् । नेपालको एयरस्पेस जति पनि छ, ती सबै मैले डिजाइन गरेर सन् १५ मार्च, १९७९ देखि लागू गरेको हो । पोखरा विमानस्थलमा डाँडाकाडा नजिक छ । पूर्वबाट आएर दक्षिण फेस भएर ल्यान्ड (रन वे ३–०) हुनुपर्ने जहाज हो । रनवे अलि अप्सपप र डाउनपप छ । एटिसीले कुन रन वे दियो ? पाइलटलार्ई पश्चिमतिर आएर रनवे वान टुमा ल्यान्ड गर्न चाहेको रहेछ । उहाँले दुई हप्ताअघि बुद्ध एयरको जहाज ल्यान्ड गर्न आउँदा रन वेको आधा भाग कटेपछि झन्डै दुर्घटना भएको थियो । त्यो आइतबार दुर्घटनामा परेका चालकले पनि निगरानी गरेका रहेछन् । सबैभन्दा ठूलो कुरा त चालकमा अनुशासन हुनुपर्याे ।

प्रतिक्रिया