आफ्नै श्रीमतीको अश्लील भिडियो फेसबुकमा हाल्ने युवक पक्राउ

काठमाडौँ । श्रीमतीको चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया घर भएर काठमाडौँको जडीबुटी बस्ने २४ वर्षीय एक *युवक रहेका छन् ।

उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

वैदेशिक रोजगारीमा हुँदा ह्वाट्स एपमा आदान प्रदान गरेको गोप्य अंग देखिने फोटो र भिडियो ती *युवकले दुरुपयोग गरेर फेक अकाउन्ट बनाएर अपलोड गरेको अनुसन्धानबाट थाहा भएको छ । पीडितकी दिदीले दिएको जाहेरीको आधारमा अनुसन्धान गर्दा उनकै श्रीमानले नै चरित्रहत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

*सच्याइएकाे

प्रतिक्रिया