काठमाडैं । क्रोएसिया कतारमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति खेलिएको खेलमा एसियाली राष्ट्र जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा पुगेको हो । निर्धारित समय र थप गरिएको अतिरिक्त सयमको खेल १—१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । क्रोएसिया सन् २०१८ को विश्वकपको फाइनलमा फ्रान्ससँग पराजित भएको थियो ।
प्रतिक्रिया