मोरक्को र क्रोएसियाको गोलरहित बराबरी

कतार । फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह एफ मा क्रोएसिया र मोराक्कोबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

क्रोएसियाले तुलनात्मक रुपमा बल पोसेसन र आक्रमणमा दबाब बनाएपनि गोलरक्षक यासिन बोनोउले बिट गर्न सकेन । उनले दुवै हाफमा उत्कृष्ट बचाउ गर्दै मोरक्कोलाई खेलमा कायम राखेका थिए । मोरक्कोले पनि काउन्टरमा प्राप्त अवसरलाई सदुपयोग गर्न सकेको थिएन ।

पहिलो हाफको इन्ज्युरी समयमा मोरक्कोका गोलरक्षक बोनोउले निकोला भ्लासिचको प्रहार विफल पार्दै खेल बराबरीमा राखेका थिए । त्यसअघि १७ औं मिनेटमा इभान पेरिसिचले पनि मोरक्कोको कमजोर डिफेन्सको फाइदा उठाउन सकेका थिएनन् ।

दोस्रो हाफमा मोरक्कोको काउन्टर अट्याकमा अक्रफ हाकिमीको प्रहार गोलरक्षक लिभाकोभिचले विफल पारेका थिए ।

प्रतिक्रिया