बेसीशहर नगरपालिकामा दलित फुटबल प्रतियोगिता सुरु

लमजुङ । लमजुङको बेसीशहर नगरपालिका– १० मा खुल्ला दलित फुटबल प्रतियोगिता सुरु भएको छ । श्री प्रगतिशिल युवा क्लवको आयोजना तथा क्लवका अध्यक्ष हिरालाल विश्वकर्मको अध्यक्षतामा उक्त प्रतियोगिता सुरु भएको हो ।

बेसिशहर नगरपालिकाका नगरप्रमुख गुमानसिहं आर्यालको प्रमुख आतिथ्यामा खेलको उद्घाटन् गरिएको थियो । उक्त समारोहमा नगरप्रमुख आर्यालले खेलकुद मानविय आधारभूत आवश्यकता भित्र पर्ने हुनाले स्थानीय स्तरमा खेल सञ्चालन गर्दा राष्ट्रिय खेलमा सहयोग पुग्ने भन्दै यसको संरक्षण गर्नुपर्ने बताए ।

साथै, उनले यसको व्यवस्थापनमा सबै तहका प्रतिनिधिहरुले भेदभाव रहित तवरले बजेट विनियोजन गर्न सके समाजको विकासमा सहयोग पुग्ने बताए । नगरप्रमुख आर्यालले यसमा कुनै राजनीतिक गतिविधि गर्न नहुने कुरा प्रष्ट पार्दै खेलकुदमा पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतियोगिता उद्घाटनको अवसरमा स्थानीय जनप्रतिनिधि, सामाजसेवी बुद्धिजिवी, आमासमुहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै खेल उद्घाटन गरिएको छ ।

युवालाई राष्ट्रिय खेलमा प्रोत्साहन र खेल विकासमा सक्रियता गराउने हेतुले खेल सञ्चालन गरिएको आयोजकले जनाएको छ । प्रमिशा विकले सहजीकरण गरेको उक्त कार्यक्रममा क्लवका सदस्य रवी विकले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया