अरिंगालको टोकाइबाट सल्यानमा आमाछोरीको मृत्यु, एक घाइते

सल्यान । अरिंगालको टोकाइबाट सल्यानमा दुई जनाको मृत्यु भएको छ । अरिगालको टोकाईबाट गम्भिर घाइते भएका आमाछोरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा सिद्ध कुमाख गाउपालिका १ हाम्फाल निवासी २१ बर्षिया सोभा वुढाथोकी र उनकी ४ वर्षिया छोरी प्राप्ती वुढाथोकी रहेका छन् ।

सोमवार बेलुका धान काटेर घर फर्कने क्रममा उनिहहरुलाई अरिंगालले टोकेपछि उनिहरुलाई उपचारका लागि श्रीनगर स्थित परोपरकार अस्पतालमा सामन्य उपचारपछि कोहलपुर लिदै गर्दा प्राप्तीको बाटोमै मृत्यु भएको हो । गम्भिर घाइते सोभाको भने कोहलपुर मेडिकल कलेजमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए ।

मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ । यस्तै अरिंगालको टोकाइबाट गम्भिर घाइते भएका नविन वस्नेतको भने श्रीनगरमा रहेको परोकपकार अस्पतालमा उपचार भइरहको प्रहरीको भनाई छ ।

प्रतिक्रिया