दोस्रो चरणमा ३० खेलाडी छनोट

यू१५ महिला साफ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू१५ महिला साफका लागि दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको छ ।
टोलीमा मुख्य प्रशिक्षक भगवती रानाले प्रारम्भिक चरणमा प्रशिक्षणमा रहेका ४० खेलाडीबाट १० खेलाडी कटौती गर्दै दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको हो ।

जोत्सिनेका मरासिनी, अस्मिता खवास, साधना थापा, रीना नेपाली, अभानी सिंह, संगीता अधिकारी, डिकी स्याम्बो, सुमिना थापा, पुष्पा सेन र झरना डुमरकोटी बाहिरिएका छन् । जुनियर युवा महिला टोलीको प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको छ । यू१५ महिला साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा आगामी नोभेम्बर १ देखि १२ सम्म हुँदैछ ।

यू–१५ टोलीको मुख्य प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरी रहेका छन् ।

दोस्रो चरणको टोली

गोलरक्षक – राधिका ओली, सुजाता तामाङ, सानिमाया स्याङ्तान, रुपा धिमाल ।

डिफेन्डर – दीपा मगर, सन्जी थिङ, अन्जना पुन मगर, विपना स्नेही, रेणु लिम्बु, अनिशा विक, अमिता भुल, प्रेरणा डोल्मा लामा र सीता रोकाया ।

मिडफिल्डर – रेविका नेपाली, सिवांगी स्नेही, मनिषा सेन, सुशिला केसी, सिमरन राई, दिलमाया घिसिङ, यशोधा बोहरा, पुनम चेम्जोङ, निर्मला आचार्य, सविता मण्डल, भुमिका बुढाथोकी र भावना परियार ।

फरवार्ड – समिक्षा मगर, दीपा रोकाया, वर्षा ओली, सेनु परियार र सुक्रिया मिया ।

प्रतिक्रिया