विभिन्न व्यक्तिलाई ‘कर्पोरट अनर अवार्ड’ प्रदान

काठमाडौं । विभिन्न व्यक्तिहरुलाई ‘कर्पोरट अनर अवार्ड’ प्रदान गरिएको छ । संघीय राजधानीमा मंगलबार आयोजित ‘द लाइफ स्टाईल’को आयोजना तथा कलिउड हव’को व्यवस्थापन र ‘इशान बाल तथा महिला अस्पताल’ को प्रयोजनमा भएको ‘कर्पोरट अनर अवार्ड – २०२२’ उक्त अवार्ड वितरण गरिएको कार्यक्रमका अध्यक्ष राजन खरेलले जानकारी दिए ।

कार्यक्रममा पेशा तथा व्यवसायको माध्यमबाट रास्ट्रलाई योगदान पुर्याई देशकै उदाहरण बन्न सफल भएका फरक क्षेत्रका विशेष व्यक्तिहरुलाई ‘लेजेण्ड्रि अवार्ड’ तथा विभिन्न क्षेत्रमा आवद्ध अन्य व्यक्तिहरुलाई अवार्डद्वारा सम्मान गरिएको उनले बताए ।

उक्त कार्यक्रममा पुर्वरक्षामन्त्रि तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका भिमसेनदास प्रधान प्रमुख अतिथिको रुपमा सहभागी थिए ।

त्यसैगरी विशेष अतिथिहरुमा टोखा नगरपालिका नगरप्रमुख प्रकाश अधिकारी, भक्त्तपुर नगरपालिकाका प्रतिनिधिहरु, भक्त्तपुर नगरपालिका– २ का वडाध्यक्ष, ख्वाप अस्पतालका प्रतिनिधिहरु, विरिष्ठ सञ्चारकर्मी भरत बम्जन, चलचित्र निर्देशक माधवराज खरेल, विभिन्न व्यवसायीक क्षेत्रका व्यक्तिहरुको सहभागीतामा अवार्ड प्रदान गरिएको अध्यक्ष खरेलले बताए ।

कार्यक्रमामा प्रमुख अतिथि, विशेष अतिथिहरु मिडियाकर्मी सहयोगी संघसंस्थालाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रमामा प्रमुख अतिथि प्रधानले अवार्ड पाउने तथा सम्मानितहरुलाई बधाई दिँदै कार्यक्रमको प्रसंशा समेत गरे ।

उक्त कार्यक्रममा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले कार्यक्रम नौलो भएको र एस्तो कार्यक्रमले पेशा, व्यवसाय गर्नेहरुला हौसला प्रदान गर्ने बताए ।

प्रतिक्रिया