ऐना सलुनको पहिलो वार्षिकोत्सव सम्पन्न

काठमाडौं । ऐना युनिसेक्स सलुनले पहिलो वार्षिकोत्सव मनाएको छ । थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको खुसी पाठकद्वारा सञ्चालित उक्त ऐना युनिसेक्स दोस्रो वर्षमा प्रवेश गरेको छ ।

एयर होस्टेज पेशादेखि अमेरिकासम्म पुगेर फर्किएपछि खुसीले व्यवसाय सुरु गरेको सञ्चालीका पाठकले जानकारी दिइन् । कार्यक्रममा बोल्दै उनले विभिन्न अनिश्चितता र चुनौतीका बीच पहिलो वर्ष पार गर्न सफल भएको सुनाइन् ।

दोस्रो वर्षमा प्रवेश गरेको ऐना युनिसेक्स सलुनले वार्षिक उत्सवको अवसरमा ३० प्रतिशतसम्म छुट दिएको उनको भनाइ छ । ऐनाले भदौ १० गतेसम्म आफ्ना सेवामा छुट दिएको सञ्चालीका पाठकले बताइन् ।

पुरानो प्रचलनअनुसार पार्लर महिला मात्र जाने भन्ने हुन्छ । तर, ऐना युनिसेक्स पार्लरमा सबै आउने सुविधा रहेको उनले बताइन् ।

उनले भनिन्, ‘अहिले हाम्रो समाजको सोच पनि बदलिसकेको छ, त्यसले गर्दा पनि महिला पुरुष दुवै आउँछन् ।’ कार्यक्रममा अभिनेत्री गौरी मल्लले व्यवसायमा युवा पुस्तालाई ल्याउन राज्यले उत्प्रेरणा दिनुपर्ने बताइन् ।

प्रतिक्रिया