‘समकालीन राजनीतिक’ विषयमा रेडियो सान्भीद्वारा मन्थन

वीरगञ्ज । ‘समकालीन राजनीतिक’ विषयमा मन्थन कार्यक्रम सोमबार वीरगञ्जमा सम्पन्न भएको छ । पिसी मिडियाद्वारा सञ्चालित रेडियो सान्भीले सोमबार वीरगञ्ज होटेल भिष्वामा आयोजना गरेको ‘समकालीन राजनीतिक’ विषयमा मन्थन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वक्ताको रुपमा नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सभापति एवं संविधानसभा सदस्य अजय दुवेदी, जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादव र नेकपा माओवादी केन्द्रका नेता रहबर अन्सारीको सहभागीता रहेको थियो ।

त्यस्तै, राजनीतिक विश्लेषकको रुपमा मोनिका सिंह थिइन् । त्यसैगरी कार्यक्रममा आफ्ना जिज्ञासा तथा प्रश्नहरु राख्नको लागि पर्साका सञ्चारकर्मीहरुको पनि सहभागिता रहेको थियो ।

बितेका राजनीतक गतिविधि र अहिले चलिरहेको वर्तमान अवस्थाको बारेमा कार्यक्रम सञ्चालक सञ्चारकर्मी रितेश त्रिपाठीले सहभागी तीनै जनासँग जवाफ माग्दै प्रश्न गरेका थिए ।

त्यसैगरी सहभागी सञ्चारकर्मीहरुले समेत आफ्ना प्रश्न तथा जिज्ञासा राखेका थिए । कार्यक्रममा सहभगी राजनीतिक विश्लेषक सिंहले वक्ताहरुले दिएको उत्तरलाई विश्लेष्ण गरेकी थिइन् ।

प्रतिक्रिया