बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा मतदान भइरहेकाे छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर नयाँ जनप्रतिनिधि चुन्न आज मतदान हुँदै छ । बिहान ७ बजेदेखि मतदान सुरु भएको थियाे ।
बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् । निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
१० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली खटाइएको उनले बताए । जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्य थापाले शान्तिपूर्ण वातावरणमा चुनाव भइरहेको बताए ।
याे पनि – बुढीगंगामा आठ मतदाता, एक सुरक्षाकर्मी
– बाजुरामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, तीन राउन्ड हवाईफायर
प्रतिक्रिया