बाजुरामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, तीन राउन्ड हवाईफायर

काठमाडौं । बाजुरामा मतदानका लागि लाइनमा बस्ने विषयमा आज नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा ढुंगा हानाहान समेत भएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले बूढीगंगा नगरपालिका–९ मा झडप भएको र स्थिति नियन्त्रणमा लिन तीन राउन्ड हवाईफायर गर्नुपरेको बताए । ‘स्थिति नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ढुंगा प्रहार भयो । स्थिति नियन्त्रण बाहिर जाने भएपछि तीन राउन्ड हवाईफायर गर्नुपरेको हो,’ उनले भने ।

अधिकारीका अनुसार झडपपश्चात् केही बेर मतदान स्थगित भएको थियो । अहिले पुनः मतदान सुरु भइसकेको छ । ‘नगरको अन्य वडाहरूमा पनि सामान्य विवादहरू भइरहेका छन् । तर, मतदान स्थगन भने भएको छैन,’ उनले भने ।

प्रतिक्रिया