बालविकास शिक्षकहरूको प्रथम सम्मेलन सम्पन्न

सल्यान । जाजरकोट जिल्लाको कुशे गाउँपालिकामा नौ बँुदे घोषणा गर्दै बालविकास शिक्षकहरूको प्रथम सम्मेलन सम्पन्न भएको छ । ‘घर बलियो जगले, राष्ट्र बलियो प्रारम्भिक बालविकासले’ भन्ने नाराका साथ सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले गाउँपालिका भित्रका सबै प्रराम्भिक बालविकास केन्द्रमा उमेर समूहका बालबालिकाहरूलाई भर्ना सुनिश्चित गर्ने तथा १ सय ९२ दिन सिकाइ क्रियाकलापहरूद्वारा बालबालिकाको उपस्थिति दर वृद्धि गर्ने घोषणा गरेको छ ।

बालविकासमा अध्ययनरत बालविकासको क्षमता अभिवृद्धि गर्नका लागि गाउँपालिकाले नक्सांकन गर्ने, प्रारम्भिक साक्षरता, सीप विकास तालिम तथा घुम्ती बैठकमार्फत सिकाइ आदानप्रदान कार्यलाई निरन्तता दिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

गाउँपालिका भित्रका सबै बालविकास केन्द्रलाई नमुना बालविकास केन्द्रको रूपमा विकास गर्ने तथा गाउँ शिक्षा समितिको नेतृत्वमा अनुगमन तथा उत्कृष्ठ बालविकास केन्द्रलाई गाउँपालिकाले पुरस्कृत गर्ने र बालविकास केन्द्रको न्यूनतम मापदण्ड तयार गरी कार्यन्वयन गर्ने कुरा उल्लेख गरिएको छ ।

घोषणा पत्रमा प्रथम सम्मेलनबाट गठन भएको पालिकास्तरीय बालविकास केन्द्रका शिक्षकहरूको सञ्जालको क्षमता अभिवृद्धीका लागि गाउँपालिकाले बजेट विनियोजन गर्ने तथा दैनिक पाठ योजनाको आधारमा कक्षालाई बालमैत्री, खुसीमय र सामग्रीमय बनाइने उल्लेख गरिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले गाउँपालिका भित्रका बालबालिकाहरूको विकासका लागि गाउँपालिकाले कुनै पनि कसर बाँकी नराख्ने जानकारी दिए । ‘गाउँपालिकाभित्र रहेका सबै बालिविकास केन्द्रको विकासमा गाउँपालिकाले विषेश जोड दिनेछ त्यहि भएर पनि हामीले वडाध्यक्षसहित सम्पूर्णले यो घोषणा पत्रमा हस्ताक्षर गरेका छौँ’, बस्नेतले भने ।

कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमन्त्री सीता नेपालीले बालबालिकको विकासमा ध्यान दिनका लागि बालविकास केन्द्र अपरिहार्य भएको भन्दै यसको विकासमा गाउँपालिकाले ध्यान दिनुपर्ने बताइन् । यसको विकासका लागि प्रदेश सरकारमा समेत कुरा उठाउने उनले जानकारी दिइन् ।

कार्यक्रममा गाउँपालिकामा रहेका सबै बालविकास केन्द्रका शिक्षकहरू, सबै वडा कार्यालयका वडाध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो । कुशे गाउँपालिकामा सेभ द चिल्डे«नको आर्थिक तथा पहाडी क्षेत्र विकास अभियानको प्राविधिक सहयोगमा शिक्षा कार्यक्रममार्फत सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया