मेस्सीले रोनाल्डोको कीर्तिमान भेट्टाए

इटाली । अर्जेन्टिनी सुपरस्टार फरवार्ड लियोनेल मेस्सीले पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानोको कीर्तिमानलाई भेट्टाएका छन् । बुधबार राति फाइनालिसिमाको च्याम्पियन बनेसँगै मेस्सीले रोनाल्डोको दुई प्रमुख अन्तर्राष्ट्रिय उपाधिको कीर्तिमानलाई बराबरी गरेका हुन् । ३४ वर्षीय मेस्सीको सानदार प्रदर्शनमा अर्जेन्टिनाले वेम्वली स्टेडियममा इटालीलाई ३–० ले पराजित गर्दै फाइनालिसिमाको उपाधि जितेको थियो । लोउटारो मार्टिनेज, एन्जल डि मारिया र पाउलो डिबालाले गोल गर्दा मेस्सीले दुई असिस्ट दिएका थिए ।

फुटबल विकासका लागि फरक देश, महादेश र संस्कृतिलाई एक स्थानमा ल्याउने जमर्को गर्दै २९ वर्षपछि युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए) र दक्षिण अमेरिकी कन्मेबलबीचे सम्झौता भएपछि युरो च्याम्पियन र कोपा च्याम्पियनबीच प्रतिस्पर्धा भएको हो ।

मेस्सीको नेतृत्वमा अर्जेन्टिनाको १८ वर्षको खडेरीको अन्त्य गर्दै गत जुलाईमा कोपा अमेरिकाको उपाधि जितेको थियो । त्यो सफलताको ११ महिनापछि अर्जेन्टिनाले अर्काे ट्रफी जित्न सफल भयो । मेस्सीले गत वर्ष अर्जेन्टिनाबाट पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्दा त्यसको ११ महिनापछि अर्काे उपाधि जित्दै अन्तर्राष्ट्रिय उपाधिसँगै दुई पुर्याएको छ ।

म्यानचेस्टर युनाइटेड स्टारले पोर्चुगललाई सन् २०१६ मा युरोकप तथा २०१९ मा नेसन्स लिगको उपाधि जिताएका थिए । कतार विश्वकप २०२२ नजिकिदै गर्दा यि दुवै स्टारले आफ्नो बायोडाटामा अझै उपाधि थप्न सक्ने सम्भावना रहेको छ । पोर्चुगलले नकआउट चरणमा पुग्न घाना, उरुग्वे र दक्षिण कोरियाको सामना गर्दा ३७ वर्षीय रोनाल्डोले पोर्चुगलको नेतृत्व गर्नेछन् जुन उनको विश्वकपको अन्तिम उपस्थिति हुन सक्छ ।

अर्जेन्टिनाले समूह चरणमा पोल्याण्ड, साउदी अरेबिया र मेक्सिकोसँग खेल्नेछ । फाइनलसिमा र कोपा च्याम्पियन अर्जेन्टिना सोही सफलता पछ्याउँदै विश्वकप जित्ने बाटोमा हुनेछ । मेस्सीले नोभेम्वरमा विश्वकप सुरु हुनुअघि इटालीसँगको भिडन्त राम्रो अवसर हुने बताएका थिए । ‘यो सुन्दर फाइनल थियो, हामीले यहाँ जे अनुभव गर्यौं त्यो सुन्दर थियो,’ मेस्सीले भने, ‘हामी यहाँ कसैसँग लड्न आएका थियौं । आजको परीक्षा राम्रो थियो किनभने इटाली उत्कृष्ट टोली हो । हामीलाई थाहा थियो कि यो राम्रो खेले च्याम्पियन बनिनेछ ।

आफ्नो अन्तर्राष्ट्रिय सफलताको बावजुत, मेस्सीले पेरिस सेन्ट–जर्मेनमा आफ्नो पहिलो सिजन भर संघर्ष गरे । पिएसजीका लागि लिग वानमा २६ खेलमा उनले ६ गोलमात्रै गर्न सफल भए । उनले गत समरमा बार्सिलोना छाड्नु ‘आघात’ भएको स्वीकार गर्दै पेरिसमा दोस्रो सिजन अझ राम्रो हुनेमा जोड दिए ।

‘के भयो भनेर बुझ्न साँच्चै गाह्रो थियो, मैले बार्सिलोना छोड्ने आशा गरेको थिइनँ, यो एक स्तब्ध थियो ।’ मेस्सीले भने, ‘मसँग बार्सिलोनामा सबै कुरा थियो । म सानै छँदा यहाँ आए । अर्जेन्टिना भन्दा बार्सिलोनामा बढी बसे । सत्य यो हो कि मैले बार्सिलोना छोड्न् सोचेको थिइन ।’

प्रतिक्रिया