प्रशान्त मिस्टले ल्याए ‘हिमाल-पहाड-तराई’

काठमाडौं । गायक तथा सर्जक प्रशान्त मिस्टको नयाँ गीत ‘पहाड हिमाल तराई’ सार्वजनिक भएको छ । गीतमा गायक प्रशान्त मिस्टको स्वर तथा शब्द रहेको छ ।

गीतमा संगित आकाश केम र दिपेश सिंहको रहेको छ । त्यसैगरी विजय बज्राचार्यले छायांकन गरेका छन्, भने भिडियो सम्पादन र निर्देशन मिस्ट स्वयमले गरेका हुन् ।

गीतको भिडियोमा नलिना चित्रकार र दिपेश सिंहलाइ देख्न सकिन्छ । नलिना र दिपेशले गायनमा पनि साथ दिएका छन् । गीतको म्युजिक भिडियो OSR Digital को अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ ।

नेपालभित्र रहेका हिमाल, पहाड र तराईमा भएका विविध कुराहरुलाई समावेश गरेर उत्कृष्ट शैलीमा गीतमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया