कावासोतीमा सेञ्चुरी बैंक

काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकलाई सेवा विस्तार गर्ने क्रममा कावासोतीको इन्द्रचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका संचालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुसालले सोमबार कावासोती शाखाको संयुत्त रुपमा उदघाटन गरेका हुन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख जोखिम अधिकृत दिपेश प्रधान लगायत बैंकका कर्मचारी, कावासोती चेम्वरका अध्यक्ष डाँसुराज पोखरेल तथा स्थानीयबासीको उपस्थिति रहेको थियो ।

२०७८ चैत्र मसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद नाफा आर्जन गरेको थियो ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिग तथा एक्सटेन्सन काउण्टर संचालनमा ल्याई बैंकिग सेवा प्रदान गर्दै आएको पनि विज्ञप्तिममा उल्लेख छ ।

प्रतिक्रिया