कोका कोला फाउन्डेसनको हिमाल सरसफाई अभियान

काठमाडौ । प्रमुख कर्पोरट साझेदारको रुपमा रहेको कोका–कोला फाउन्डेसनको अभिायनमा सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाल लगायत ४ हिम–शृंखलाहरुको सरसफाई गर्दै नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको छ । यस क्याम्पेनमा नेपाली सेना र शेर्पाहरु गरी ७७ जना सदस्य रहेका छन ।

वार्षिक ११ सय आरोही आउने ८ हजार मिटरभन्दा बढी उचाइका यी ४ हिमालमा आरोही सँग–सँगै ठुलो मात्रामा फोहोर पनि भित्रिने गरेकोमा हिमाली क्षेत्रको फोहोर व्यवस्थापन एक प्रमुख चुनौतीको रुपमा रहेको छ ।
सोही समस्या समाधान गर्नका लागि गत अप्रिल ५ बाट हिमाल सरसफाई अभियान शुरु गरिएको थियो । जसमा अहिलेसम्म ४ वटा हिम–शृंखलाबाट २९ हजार ९ सय ९८ के जी फोहोर संकलन भइसकेको छ । यी फोहरमा रित्तो अक्सिजन क्यानिस्टर, पाल, खानेकुराका कन्टेनर, प्लाष्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक फोहोरहरु आदि रहेका छन् । अभियानलाई तीव्रता दिँदै ३५ हजार केजी फोहोर संकलन गर्ने लक्ष्य सहित हिमाल सरसफाई भइरहेको छ ।

हिमालको प्राकृतिक सुन्दरता र वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने लक्ष्य सहित ४ वटा हिम–शृंखलाहरुको सरसफाई गरी यो अभियान सञ्चालन गरिएको हो । यस वर्षको अभियानको नारा ‘हिमाल बचाउने प्रयास; हाम्रो हिमाल, हाम्रो दायित्व’ रहेको छ ।

प्रतिक्रिया