अमेरिकामा विमानचालक बेहोश भएपछि . . .

वासिंगटन । अवतरण गराएका एक जना यात्रुको खोजी गरिरहेका छन् । सार्वजनिक भएका उडान रेकर्डिङहरूमा विमानस्थल टावरसँग आफूलाई ‘विमान कसरी रोक्नेबारे केही थाहा नभएको’ भन्ने एक अपरिचित व्यक्तिको आवाज सुनिन्छ ।

नयाँ पाइलटलाई तालिम दिने एअर ट्राफिक कन्ट्रोलरले पाम बीच अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गराउने तरिकाबारे मङ्गलवार मध्यान्ह ती यात्रुलाई सिकाउँछन् । विमान सकुशल अवतरण भएपछि ती एअर ट्राफिक कन्ट्रोलर र यात्रुले धावनमार्गको छेउमा अँगालो मार्छन् । तर एक अर्काको नाम सोध्दैनन् ।

‘यहाँ जटिल अवस्था आयो । मेरो पाइलटले होस गुमाए,’ करिब ९,००० फिटको उचाइमा आकाशबाट ती मानिसले बोलिरहेको सुनिन्छ । ‘उनी होसमा छैनन् ।’ उनी कहाँ छन् भन्नेबारे सोधिँदा ती व्यक्तिले ‘मलाई केही पनि थाहा छैन’ भनेका थिए । उनले आफ्नो अघि फ्लोरिडाको तट देखिएको बताएका थिए ।

‘जहाजको पखेटाको सन्तुलन मिलाउनु र उत्तर वा दक्षिण तर्फबाट तटतिरै जानु । हामी तिमी भएको ठाउँ पत्ता लगाउने प्रयास गरिरहेका छौँ,’ ती हवाई ट्राफिक नियन्त्रकले भन्छन् । ‘मैले मेरो नेभिगेसन स्क्रिन पनि खोल्न सकिरहेको छैन । त्यसमा सबै जानकारी हुन्थ्यो । तिमीहरूलाई त्यसबारे केही जानकारी छ,’ उनले एउटा विन्दुमा भनेका छन् ।

‘मलाई कसरी विमान रोक्ने भन्ने पनि थाहा छैन । मलाई केही गर्न आउँदैन,’ विमान चलाइरहेका ती यात्रुले भनेको सुनिन्छ । पाम बीच अन्तर्राष्ट्रिय विमानस्थलका एअर ट्राफिक नियन्त्रक रोबर्ट मोर्गन कामबाट आराम लिइरहेका बेला उनका सहकर्मीले उक्त अवस्थाबारे उनलाई जानकारी गराएका थिए । लामो समय उडान प्रशिक्षक र दुई दशकभन्दा लामो एअर ट्राफिक नियन्त्रकको अनुभव भएका मोर्गनलाई पनि त्यही मोडलको विमान उडाएको कुनै अनुभव थिएन ।

उनले ककपिटको नक्सा हेरेर सेस्ना २०८ मोडेलको उक्त विमान अवतरण गराउन ती व्यक्तिलाई सिकाए । ‘मलाई विमान अरू विमानहरू जसरी नै उडिरहेको थाहा थियो । मात्र ती चालकलाई शान्त राख्न र उनलाई धावनमार्गतर्फ विमान सोझ्याएर विमानलाई बिस्तारै जमिनमा अवतरण गराउन सिकाउनु थियो,’ मोर्गनले डब्लूपीबीएफ टीभीसँग भनेका छन् ।

रेकर्डिङमा मोर्गनले ती मानिसलाई विमान नियन्त्रण गर्न र निकै सुस्त दरमा विमानको उचाइ कम गर्न सिकाउँदै गरेको सुनिन्छ । ‘मैले थाहा पाउनुअघि नै उनले ’म जमिनमा आइसकेँ, अब कसरी यसलाई बन्द गर्ने’ भनेर सोधे,’ मोर्गनले भने । दुवैजनाबीच धावनमार्गमा भेट भयो र उनीहरूले सेल्फी तस्बिर समेत लिए । तर त्यो खुसीमा मोर्गनले ती व्यक्तिको नाम सुनेनन् ।

प्रतिक्रिया