भालुले लखेट्दा जुम्लामा भिरबाट लडेर ७० भेडा मरे, ३१ बेपत्ता

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भिरबाट लडेर ७० भेडा मरेका छन् । स्थानीय मगे रावत र सिउल रावतका ७० भेडा गए राति भिरबाट लडेर मरेको बारागाउँका शिक्षक अमर रावतले जानकारी दिए ।

मगे र सिउल दाजुभाइ हुन् । अस्थायी प्रहरी पोस्ट ताम्ती टोप्लाका अनुसार उनीहरुका १०२ भेडामध्ये भीरबाट लडेर मरेको ७० वटा भेडा भेटिएका छन् । त्यस्तै ३१ भेडा बेपत्ता छन् । गोठ रित्तो भएपछि भेडापालक रावत दाजुभाई घरखर्च कसरी धान्ने भन्ने चिन्तामा छन् ।

पीडित भेडापालक रावत दाजुभाईलाई राहतका लागि आवश्यक सहयोगका लागि समन्वय गरिरहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए ।– रासस

प्रतिक्रिया