पूवमन्त्रीबाट पत्नी हत्या !

कजाकिस्तान । कजाकिस्तानका एक जना पूर्वमन्त्रीमाथि आफ्नो पत्नीलाई पिटीपिटी मारेको आरोप लागेको छ । समाचारअनुसार यो घटना सन् २०२३ को नोभेम्बरको हो । पूर्वमन्त्री कुआन्डिक बिशिम्बायेवले परिवारको स्वामित्वमा रहेको रेस्टुराँमा पत्नीको कपाल समातेर ८ घन्टासम्म पिटेका थिए । यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ ।


पतिको पिटाइपछि टाउकोमा गम्भीर चोट लाग्दा केही घन्टामै महिलाको मृत्यु भयो । गएको महिना ४३ वर्षीय बिशिम्बायेवमाथि ३१ वर्षीय पत्नी साल्टानैट नुकेनोकोको हत्याको आरोपमा मुद्दा चलाइएको थियो ।

छानबिनको रिपोर्टअनुसार उनले अल्माटीमा परिवारको स्वामित्वमा रहेको रेस्टुराँमा पत्नीलाई घन्टौँसम्म कुटपिट गरेका थिए । कजाकिस्तानको सर्वोच्च अदालतमा सुनवाइको समयमा हमलाको सिसिटीभी फुटेज प्रमाणको रूपमा देखाइएको थियो ।

मिरर अनलाइनमा छापिएको खबरअनुसार सुनवाई अनलाइनमै गरिएको यो कजाकिस्तानको पहिलो मुद्दा हो । बिशिम्बायेवव र नुकेनोवाले सो रेस्टुराँमा मृत्युअघि एक दिन एक रात बिताएका थिए ।

घटना भएको १२ घन्टापछि मात्रै रेस्टुराँमा एम्बुलेन्स पुगेको थियो । घटनास्थलमै उनको मृत्यु भएको घोषणा डाक्टरहरुले गरिदिए । नुकेनोवाको मृत्युको कारण अत्यधिक चोटका कारण ब्रेन ह्यामरेजले गर्दा भएको रिपोर्टले देखाएको छ । बिशिम्बायेवले भने आफूलाई निर्दोश बताउँदै नुकेनोवा उसकै कारण चोट लागेर मरेको भन्ने तर्क दिएका थिए ।

प्रतिक्रिया