जापानी विदेशमन्त्री योको नेपालमा, यस्ताे छ भ्रमण तालिका

काठमाडौं । जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार नेपाल आएकी छन् । परराष्ट्र स्रोतका अनुसार उनी दिउँसो करिब १२ बजे त्रिभुवन विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको कोलम्बोबाट काठमाडौं आएकी हुन् । दक्षिण एसिया भ्रमणपछि उनी जापान फर्कने कार्यक्रम छ । उनको यो पहिलो नेपाल भ्रमण हो ।

भ्रमणमा जापानी विदेशमन्त्री योकोले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग प्रतिनिधिमण्डलका तहमा भेटवार्ता गर्नेछिन् । उक्त अवसरमा ती भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धको समीक्षासँगै आगामी यात्राको बारेमा छलफल गरिने गृहकार्य भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया