काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान स्तरोन्नतिको काम धमाधम भइरहेको छ । यसै क्रममा फ्लडलाइटको टावर काठमाडौं आइपुगेको छ ।
अहिले ती पोलहरू रंगशाला बाहिर नै राखिएको छ । रात्रिकालीन खेलका लागि आवश्यक पर्ने फ्लडलाइटका पोल भारतबाट ल्याइएको हो । यी टावर बुधबार बिहान काठमाडौं आइपुगेको बताइएको छ । भारतको उत्तर प्रदेशबाट ९ दिन लगाएर उक्त फ्लडलाइट टावर काठमाडौं ल्याइएको हो ।
अब धमाधम जडानको काम हुने निर्माण कम्पनीले जनाएको छ । ४३ करोड ७७ लाख ३० हजार एक सय १३ रुपैयाँको लगानीमा बिकेओआई–केसीडिसी–बीजी जेभीले मैदानको प्यारापिट र फ्लडलाइट जडान गर्न लागेको हो ।
प्रतिक्रिया