काठमाडौं । कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ स्थित गोदावरी खोलामा फसेका ६ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
आज बुधबार वर्षाका कारण आएको बाढीले खोलामा फसेका उद्धार गरिएकाहरुमा कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–६ र १० बस्ने ६५ वर्षीय कल्लु सार्की, ६५ वर्षीया बिना सार्की, १२ वर्षीय योगेश सार्की, २५ वर्षीय दिपक सार्की, सोही जिल्लाको बेदकोट नगरपालिकाका ३५ वर्षीय बिर सार्की र २२ वर्षीय अर्जुन सार्की रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
उनीहरु सोही ठाउँस्थित गोदावरी खोलामा आज दिउँसो श्राद्ध गर्न गएको बेला खोलामा पानीको बहाव बढेपछि फसेका थिए । सो लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नंं ७ बाहिनी मुख्यालय अत्तरीया कैलाली, नंं ३४ गण र नं. ४३ रिजर्भ गणबाट खटिएको सुरक्षा फौजले अन्य सुरक्षा निकायको सहयोगमा उनीहरुको सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया