प्रभुलाई खोज्दै सम्प्रिया र मुना (भिडियो)

काठमाडौं । ‘कहाँ छन् प्रभु’ बोलको भजन गीतको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा विजय गुरुङ, सम्प्रिया खड्का र मुना खड्काले धार्मिक परम्परामा अभिनय गरेका छन् ।

हरि उप्रेतीको शब्द लेखन तथा एमके गजमेर ले संगीत भरेको उक्त भजन गीतमा गायिका बानिका प्रधानले एकल आवाज दिएकी छन् ।

गीतको भिडियोमा विजय गुरुङ शिवको रुपमा देखिएका छन् भने सम्प्रिया र मुना कहाँ छन् प्रभु भन्दै नाच्दै विजयलाई खोजेको देख्न सकिन्छ ।

धार्मिकमा आस्था राख्नेहरुका लागि यस गीतले धर्मको महत्वबारे केही ज्ञान दिने विजयले बताए । उक्त भिडियो हरि उप्रेतीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया