लुटपाटपछि हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

काठमाडौं । लुटपाटपछि हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका– १ डकाहा घर भएका २६ वर्षीय प्रकाश तिमिल्सिना रहेको र उनलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–१५ भगवान पाउ नजिक सडक किनारमा ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभु घर भएका २८ वर्षीय नरेश कुमार गौतमलाई तिमिल्सिना लगाएतका दुई जना ब्यक्तिहरुले वैशाख २ गते लुटपाट पश्‍चात हत्या गरी फरार रहेकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा चुमनुब्री गाउँपालिका–३ जगतबाट प्रकाशलाई पक्राउ गरेको बताइएको छ । उनलाई आवश्यक कानूनी कारवाहीको लागी प्रहरी वृत्त स्वयम्भुमा पठाइएको छ ।

प्रतिक्रिया