माओवादी जनयुद्धको कथामा आधारित गीत सार्वजनिक (भिडियो )

काठमाडौँ । माओवादी जनयुद्धको कथामा आधारित ‘थाहा छैन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक उदय सोताङ र भोइस अफ नेपाल फेम्ड गायिका गीता शर्माको स्वर सुन्न सकिन्छ ।

उत्सव दाहालले छायाँकन गरेको यस भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् । सुमन योञ्जन निर्माता रहेको यस भिडियोलाई राजेश पुमा राईको निर्देशनमा तयार पारिएको हो । देविथान म्युजिकको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।

यस गीतमा शब्द अमेरिकाको न्युयोर्क निवासी गीतकार सुमन योञ्जनको रहेको छ । गायक सोताङको नै गीतमा संगीत रहेको छ । गीतलाई कृष्ण लिम्बुले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा मुकुन भुषाल र बिमला लिम्बु फिचर्ड छन् ।

प्रतिक्रिया