
काठमाडौँ । जिडब्लुएमले आफ्नै भगिनी कम्पनी एसभोल्ट इनर्जीमार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ । आफ्नो ब्याट्री प्रविधिको गुणस्तर, सुरक्षा र विश्वसनीयतामाथि पूर्ण नियन्त्रण कायम गर्न सफल भएको जिडब्लुएमले नेपालमा हालै ओरा ५ ईभी एसयुभीमा प्रयोग गरिएको ड्रागन आर्मर ब्याट्री सार्वजनिक गरेको छ । उक्त ब्याट्री जिडब्लुएम अन्तर्गतको अत्याधुनिक ब्याट्री निर्माता कम्पनी एसभोल्टले विकास तथा उत्पादन गरेको हो ।
वर्षौंको अनुसन्धान र प्रविधि विकासपछि तयार गरिएको यो ब्याट्रीले आगो र पानी प्रतिरोधी उच्च सुरक्षा, लामो ड्राइभिङ रेन्ज, फास्ट चार्जिङ क्षमता तथा उत्कृष्ट कार्यसम्पादनलाई एउटै प्लेटफर्ममा समेटेको छ । ड्रागन आर्मर नाम रहनुको कारण यसको विशेष आन्तरिक संरचना हो । ब्याट्रीभित्र रहेका सेलहरू ड्रागनको खप्टाजस्तै तह–तहमा मिलाएर राखिएका छन् ।
यसले विशेष प्रकारको डाउनवर्ड भेन्टिङ प्रणाली निर्माण गर्छ, जसले कुनै असामान्य अवस्थामा ताप वा आगो उत्पन्न भए पनि त्यसलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई तलतर्फ बाहिर निकाल्ने कार्य गर्छ । यसै कारण यो संरचनाले यात्रुहरूको सुरक्षाका लागि थप सुरक्षात्मक कवचको रूपमा काम गर्छ ।
प्रतिक्रिया