विभिन्न समयमा आउने प्राकृत्तिक विपत्ति तथा मानव सिर्जित विपत्तिले नेपालको विकासका गतिविधिलाई निकै पछि पारेको छ । महाविनाशकारी भूकम्प भनौँ, भारतले लगाएको अघोषित नाकाबन्दीको प्रभाव भनौँ, प्राकृतिक रूपमा आउने विभिन्न विपत्ति या त कोरोना महामारीजस्तो विश्वलाई नै तहसनहस बनाउने जैविक तत्त्व यी सबले नेपालको अर्थतन्त्रमा प्रभाव पारिरहेको छ । मुलुक अहिले निर्वाचनमय बनेको छ । सिंगो मुलुक बनाउनेतर्फ अग्रसरता नदेखाए पनि आपूm बन्न भने तत्पर रहेको परिवेशले स्पष्ट पार्दछ ।
तत्कालीन समयमा देशले विकासका कार्यहरूका निम्ति अग्रसरता देखाउँदै थियो । चरम बेरोजगारीको समस्या, कमजोर आर्थिक आर्थिक व्यवस्था, गरिबीले थिचिरहेको अवस्थामा आमजनमानसमा नराम्रो राजनीतिक असर परिरहेको थियो । युवाहरू देशबाट पलायनको अवस्था कायमै थियो । यद्यपि जनताहरूमा आशाहरू पलाइरहेको थियो । कतै देशमा राजनीतिक समस्या सुल्झँदै गएमा परिवर्तनका बाटाहरू खुल्ने थियो कि भन्नेमा, केही मात्रामा आशाका त्यान्द्राहरू ढुकढुकीमा बाँकी रहिरहेको थियो । राजनीतिक अवस्था सुल्झने लगभग लगभग पक्कापक्की झै थियो । गरिब हाम्रो राष्ट्र चरम गरिबी, बेरोजगार अनि अशिक्षाले गुज्रिरहेको बेला देशमा केही परिवर्तनले गति लिने मोडमा थियो । हामी, हाम्रो देशलाई सतिले सरापेको देश भन्ने गरिरहेका हुन्थ्यौँ । देशले विकासका कार्यक्रम अघि बढाउँदै थियो भने राजनीतिमा केही उथलपुथल हुने अवस्थामा थियो । मुलुक संविधान निर्माणको अन्तिम चरणमा पुगेको थियो ।
विडम्वना ०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पले उक्सँदै गएको रोटी झैं सेलाएर थिचिएको जस्तो बनायो माथि उठ्नै नसक्ने गरी थिचिएको थियो देशमा कोलाहल मच्चियो, राष्ट्र थरथर काप्न थाल्यो, मानिसको चिच्याहटले सहर अनि गाउँ हल्लिन थाल्यो यसरी एकै छिनको विनासले हजारौँ मानिस घरबारविहीन बन्न पुगे भने, परिवारविहीन अभिभावकविहीन, आफन्तविहीन बन्न पुगे । यसरी आपैmँले निर्माण गरेका संरचनाले व्यक्ति, परिवार समाज टोल राष्ट्रलाई टुहुरो बनायो । झन् यस्तो अवस्थाले गरिबीको संख्या बढायो । कोलाहलमा बाँच्न बाध्य बनायो, एकाएक मानिसलाई सडकमा बस्न वाध्य वनायो, विकासको क्रममा रहेको मुलुक एकाएक विपत्तीले थचारेर निको हुन लागेको बिरामीलाई एकाएक आइसियूमा पु¥याएझै बनायो विस्तारै रूपले, तंग्रदै गरेको मुलुक, थप चित्त बुझाउने–आशाहरू पलाउँदै गएका थिए तर झन् थप चोट पु¥यायो । देशका थुप्रै धार्मिक सांस्कृतिक अनि ऐतिहासिक संरचनालाई एकै कम्पनले तहसनहस बनायो । राष्ट्रलाई थप चोट पु¥यायो राष्ट्र उठ्नै नसक्ने गरी आर्थिक मारमा प¥यो ऐतिहासिक रूपले गौरव गर्ने संरचना अब काम नलाग्ने बनाइदियो ।
विश्वका विभिन्न मुलुकबाट तिनै धरोहर हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटक शून्यजस्तै बन्न थाल्यो । तिनै ऐतिहासिक संरचना हेर्न लालाहित हुने सम्पूर्ण संरचना काम नलाग्ने भयो । तिनै संरचनाले राष्ट्रलाई ठूलो धक्का दियो । महाविनाशकारी भूकम्पको पीडाले देश जनता अनि विश्व मर्माहत बन्यो विश्वको ध्यान नेपालतर्फ केन्द्रित भयो । तिनै सहानुभूतिले पीडा भुल्दै थप आशा जगाउँदै गए । विश्वका विभिन्न राष्ट्रले नेपाललाई थप सहानुभूति प्रकट गर्दै सहयोगी हातहरू फैलाउँदै तत्परता देखाउँदैरहे । झन् मित्र राष्ट्र भारत अनि चीनले निकै मितव्ययी व्यवहार गरिरहन्थ्यो ।
विस्तारै देशलाई परेको चोट अब पुनःनिर्माणतर्फ अग्रसरता देखाउँदै अघि बढ्दै गर्दा देशले वर्षौंदेखि चाहिरहेको संविधान निर्माणमा थप जोड दिँदै गर्दा विपत्तिको चोटलाई बिस्तारै जनताले चाहेको, राष्ट्रले चाहेको अनि विश्वले चासो राखिरहेको संविधान पनि नेपालले असोज ३ गते सबको सामु घोषणा गरिदियो । विपत्तिको चोटलाई संविधान निर्माणले थप उल्लास अनि हर्षोल्लास छायो । नेपाली जनताले घरघरमा दीपावली गरेर मनाए नेपालको संविधानलाई विश्वले स्वागत ग¥यो । संविधान निर्माणले नेपाली जनजनमा खुसियाली हर्षोल्लास छायो वर्षौंदेखिको पहल अनि हजारौँ सहिदको सपनाले संविधान निर्माणसँगै एउटा मूर्त रूप लियो ।
एउटा विपत्तिलाई केही छिनलाई बिर्सिएर संविधान निर्माणले थप उल्लास उमंग निम्त्याएको थियो । तर, विश्वले स्वागत गरेको अनि जनताको संविधान जनताले नै निर्माण गरेको नेपालको संविधान २०७२ लाई असन्तुष्ट दलहरूले मधेसी मोर्चाले विभिन्न सीमांकन अनि प्रदेशको विषयलाई लिएर तराईमा बन्द जारी राखे बन्दले तराईको जनजीवन प्रभावित बनायो कैयौँको ज्यान गयो टुहुरा बने तैपनि उनीहरूले आफ्नो अडान कायम नै राखिरहे । तराई बन्दले झन् जनजीवनमा कष्टकर बनायो जनतालाई बाँच्न कठीन बनायो अनि जनताका रोजी रोटी खोसियो दैनिक ज्यालादारी गर्ने मजदुर बेकाम बनायो यस्तो खाले तराई बन्दले तराईलाई मात्र असर पारेन सिंगो राष्ट्र नै एउटा चपेटामा पर्यो ।
तराई बन्दसँगै मित्रराष्ट्र भारतले अर्को ठूलो संकट थपिदियो । अघोषित भनिएको नेपालको लागि नाकाबन्दी लगायो, नेपाललाई थप चुनौति दियो । बिस्तारै हाम्रो देश नेपाल विकासको फड्को मार्ने क्रममा सृजित थियो प्राकृतिक संकटले उथलपुथल बनायो अनि संविधान निर्माणले हर्षोल्लास थप्यो संविधान निर्माणसँगै तराई बन्द अनि भारतीय अघोषित नाकाबन्दीले झन् महाविपत्ती थपियो । नेपालजस्तो भूपरिवेष्ठित मुलुक परनिर्भरमा अडिएको देश नाकाबन्दीले प्राकृतिक महा–विपत्तीले भन्दा मित्रराष्ट्रको अमानवीय विपत्तीले थप चोट दियो । एकाएक संकट उत्पन्न बनायो कालोबजारी बढायो घरघरमा चुलो बल्न छोड्यो, ग्यास अभाव भयो, इन्धन अभाव भयो, सवारी साधन, हवाई साधनमा असर बनायो । नेपालको संविधानप्रति असन्तुष्ट भएकाले नेपाललाई सजाय स्वरूप मित्रराष्ट्र भारतले तत्कालीन समयमा नाकाबन्दी लगाइदियो यहाँ अनुचित नहोला, आममानिसको अड्कलबाजी नै त्यस्तै थियो ।
नाकाबन्दीले मानवीय संकट उत्पन्न हुनेमा अन्य राष्ट्रले पटकपटक भनिरहे । चौतर्फी विरोध भयो गैरआवासीय नेपालीसमेतले विरोध जनायो त्यस्तै अन्य राष्ट्रले पनि भारतलाई नाकाबन्दी नगर्न आग्रह गरे तर भारतले यस्तो कहाँ सुन्थ्यो र उल्टै नेपालमा हामीले नाकाबन्दी लगाएकै छैन भन्दै नेपालको संविधान निर्माणप्रति असन्तुष्ट मोर्चासँग मिलेमा, संविधान संशोधन गरेमा, नाकाबन्दी हटाइने र नेपालमा नाकाबन्दी नै नलगाइएको जानकारी पटकपटक दिइरह्यो । भारतले लगाएको नाकाबन्दीले नेपाल अधिराज्यभर संकट उत्पन्न भयो, त्यतिबेला नेपालीको महान चाड दसैँतिहार नजिकिँदै थियो । नाकाबन्दीले मानिसलाई आफ्नो गन्तव्यसम्म पुग्न कठिन बनायो कारण थियो इन्धन अभाव । इन्धन एकलौटी रूपमा भारतबाट मात्र भित्रिन्थ्यो तर भारतले ढोका नै बन्द गरेपछि इन्धन आउन रोक लगाएपछि आमनेपालीको महान चाड खल्लो बनायो आफन्तसँग नजिक हुन पाएनन् । रोजगारीबाट वञ्चित हुन कैयौँ बाध्य भए, कारण थियो भएका कलकारखाना बन्द हुनु आवश्यक मात्रामा चाहिने कच्चा पदार्थ नहुनु, गन्तव्यसम्म सहज रूपमा पुग्न यातायातको साधन नहुनु, घण्टौं लाइन बस्दा इन्धन नपाउनु, दिनरात खाइनखाइ सडकमा बसेर, ग्यासको लागि कुरेर बस्दा पनि नपाउनु यस्ता अभावै अभावले रोजिरोटीबाट अधिकांशले हात धुनु परेको थियो ।
विनाशकारी भूकम्प एउटा प्राकृतिक विपत्ति ठानेका नेपाली जनताले सुनियोजित रूपमा लगाइएको नाकाबन्दीप्रति थप आक्रोशित बनायो । महाविपत्तिमा सबैभन्दा पहिले सहयोगको भावना राख्ने मित्रराष्ट्र भारत आज आएर नेपालीप्रति यस्तो व्यवहार गर्दा भारतप्रति थुप्रै नै टीकाटिप्पणी भए भारतप्रति नकारात्मक आक्रोश पोखियो र पोख्नु स्वाभाविक पनि थियो । किनभने हामीलाई संकट उत्पन्न भएको छ । अन्ततः हामी आफैँले चाहेको वर्षौंदेखि निर्माण गर्न चाहेको संविधान निर्माण गर्दा भारतलाई किन चासो ? किन भारत आफ्नो मात्र स्वार्थ हेरेर नेपालको संविधानप्रति असन्तुष्ट पोख्ने ? हामीले चाहेको संविधान हामीले निर्माण गर्न नपाउने ? कांग्रेसको सरकार रहँदा संविधान निर्माण भएको थियो ।
प्राकृतिक विपत्तिका रूपमा आएको विनाशकारी भूकम्पले जति पीडा दियो त्यो भन्दा बढी पीडा तत्कालीन समयमा भारतले लगाएको अघोषित नाकाबन्दीले दियो । नाकाबन्दीको समयमा आमनेपालीलाई आधारभूत आवश्यकताकै चिन्ता थियो । हुन त भूकम्पको पीडा छुट्टै छ, गएको सोमबार महाविनाशकारी भूकम्प गएको सात वर्ष पूरा भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार त्यो विपत्तिबाट झण्डै नौ हजार जनाको मृत्यु भएको थियो भने करिब २२ हजार जना घाइते भएका थिए । आठ लाखभन्दा बढी भवन तथा भौतिक संरचनामा क्षति पुग्दा सात सय अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो । यो घटनाले सिंगो राष्ट्रलाई ठूलो चोट पु¥यायो । अहिले क्षति पुगेका अधिकांश संरचना पुनर्निर्माण भइसकेका छन् भने बाँकी हुने क्रममा छन् ।
०७२ सालको भूकम्पले थिलथिलो पारेको हाम्रो मुलुकलाई बल्ल बल्ल बिस्तारै विकासका कार्यका हिसाबले माथि उठ्दै गरेको अवस्था थियो । भूकम्पलाई बिस्तारै पार गर्दा गर्दै मुलुकले अघोषित नाकाबन्दी भोग्नुप¥यो, जुन हरेक नेपालीको मन मस्तिष्कमा ताजगी नै छ, झन् कोभिड–१९ कोरोना भाइरसले विश्वलाई नै तहसनहस बनायो । यसको प्रभावबाट नेपाल पनि अछुतो रहन सकेन । यस भाइरसका असर हरेक क्षेत्रमा प्रभाव प¥यो । सबैभन्दा धेरै मानवीय क्षति नै हो त्यसको अलवा बढी त अर्थतन्त्रमा नै प्रभाव प¥यो । यसका अलवा राजनीतिक, कूटनीतिक, सामाजिक, खेलकुद, मनोरञ्जन, चलचित्रजस्ता विषयमा प्रत्यक्ष रूपमा प्रभाव प¥यो । माथि उठ्नै नसक्ने गरी हरेक क्षेत्रमा प्रभाव पा¥यो ।
सर्वप्रथम कोभिड–१९ कोरोना भाइरस सन् २०१९ को अन्ततिर चीनको वुहान सहरमा देखापरे पश्चात उक्त भाइरस बिस्तारै विश्वभर क्षणभरमै फैलियो । यद्यपि कोरोना भाइरसको उत्पत्ति कहाँबाट सुरु भएको भन्ने बिषयको विवाद भने कायमै रहेको छ ।
कोरोना भाइरसको उत्पत्ति भएको पनि दुई वर्ष पूरा भइसकेको छ । तर, यसको पूर्ण समाधान गर्ने भ्याक्सिनको निर्माण हुन सकेको छैन । यद्यपि पूर्ण समाधानका भ्याक्सिन नभएता पनि असरलाई केही कम गर्न सक्ने भ्याक्सिन विभिन्न देशहरूले निर्माण गरेका छन् । हाम्रो मुलुकमा पनि विभिन्न मुलुकको सहयोगमा उपलब्ध गराएका भ्याक्सिनको प्रयोग भएको छ । केही जिल्लामा पूर्ण रूपमा खोप कार्यक्रम सम्पन्न भइसकेको छ । जसको कार्य निरन्तरता कायमै छ । पहिलो, दोस्रो र तेस्रो अर्थात बुस्टरडोजको समेत खोप कार्यक्रम चलिरहेको छ ।
विभिन्न समयमा आउने प्राकृत्तिक विपत्ति तथा मानव सिर्जित विपत्तिले नेपालको विकासका गतिविधिलाई निकै पछि पारेको छ । महाविनाशकारी भूकम्प भनौँ, भारतले लगाएको अघोषित नाकाबन्दीको प्रभाव भनौँ, प्राकृतिक रूपमा आउने विभिन्न विपत्ति या त कोरोना महामारीजस्तो विश्वलाई नै तहसनहस बनाउने जैविक तत्त्व यी सबले नेपालको अर्थतन्त्रमा प्रभाव पारिरहेको छ । मुलुक अहिले निर्वाचनमय बनेको छ । सिंगो मुलुक बनाउनेतर्फ अग्रसरता नदेखाए पनि आपूm बन्न भने तत्पर रहेको परिवेशले स्पष्ट पार्दछ ।
प्रतिक्रिया