एमसीसीबारे कांग्रेसको ७ पृष्ठको धारणा सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसले एमसीसीका विषयमा पार्टीको धारणा सार्वजनिक गरेको छ । सुरुदेखि नै एमसीसी अनुमोदनका पक्षमा रहेको कांग्रेसले मंगलबार सम्पन्न कार्यसम्पादन समितिको बैठकबाट पार्टीको धारणा नै सार्वजनिक गरेको हो ।

कांग्रेसले सार्वजनिक गरेको धारणा एमसीसी ०६७ सालपछिका सबै प्रधानमन्त्री र अर्थमन्त्रीले स्वीकार गरेको उल्लेख छ । कांग्रेसले सत्तामा रहँदा र बाहिर हुँदा दोहोरो चरित्र देखाउने राजनीतिक दलहरूलाई जिम्मेवार बन्न आह्वान गरेको छ ।

आर्थिक कूटनीतिमार्फत ल्याएको महत्वपूर्ण परियोजना आन्तरिक राजनीतिक लाभहानीको जोडघटाउमा गैरजिम्मेवार भूमिका निर्वाह गर्न नहुने कांग्रेसको मत रहेको छ ।

यस्तो छ पूर्णपाठ

प्रतिक्रिया