काठमाडौँ । माधवराज खरेलद्वारा निर्देशित चलचित्र ‘चिट्ठी’ २० भदौबाट प्रदर्शनमा आउने भएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म कमला जोशीले निर्माण गरेकी हुन् । चलचित्रको वितरणको जिम्मेवारी कुवेर सिने डिस्ट्रिब्युसनले लिएको हो ।
हरर कमेडी तथा स्पेन्स थ्रिलर शैलीमा तयार भएको फिल्मलाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । जसअनुसार १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा फिल्म हेर्न पाउने भएका छन् ।
फिल्ममा खड्गबहादुर पुन मगर ‘खबपु’, सञ्जित भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रवण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, नम्रता खरेलको मुख्य भूमिका छ ।
फिल्ममा मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेबिल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारलाई विशेष भूमिकामा देख्न सकिन्छ । सरोज कोइरालाको संगीत रहेको ‘चिठ्ठी’ लाई जीवन पराजुली र राजन खरेलले खिचेका हुन् भने राजेश कुमारको सम्पादन छ ।
प्रतिक्रिया