काठमाडौँ । गायिका कोमल वलीले नयाँ तिज गीत ल्याएकी छिन् । बिहीबार वलीको स्वरमा ‘सुनिदेऊ शिव’ बोलको तिज सार्वजनिक भएको छ । उनको पुरानै गीत ‘भेटिएन कोही’ लाई परिमार्जित गरि यो गीत ल्याइएको छ ।
सार्वजनिक गीतको शब्द, संगीत र स्वर कोमलको आफ्नै छ । विनोद बाजुराली म्युजिक एरेन्जर रहेको गीतलाई खडक बाजुरालीले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
हरेक वर्ष भिन्न शैलीका तिज गीत ल्याउने कोमलले यसपटक शान्त र भावुक गीत ल्याएकी छन् । गीतमार्फत एक चेलीले तिजमा धर्मअनुसार व्रत बसेर महादेवसँग मनको मर्म सुनाइदिन आग्रह गरेकी छन् । वलीले अघिल्ला वर्षमा ल्याएको ‘पोइला जान पाम’, ‘तिजमा रमाइलो’, ‘बोल्नेलाई बोल्न देऊ’ निकै हिट गीत हुन् ।
प्रतिक्रिया