एमालेका मनोनित केन्द्रीय सदस्यको सपथ आज

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीमा मनोनित गरेको ४४ जना सदस्यहरुलाई आज सपथग्रहणको कार्यक्रम राखेको छ । तुल्सीलाल अमात्य प्रतिष्ठान भवन च्यासलमा आज विहान ११ बने पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई सपथ गराउने कार्यक्रम रहेको एमाले प्रचार प्रसार उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

मंसीर २५ र २६ गते बसेको एमाले केन्द्रीय कमिटीको दाेस्राे पूर्ण वैठकले ४४ जनालाई केन्द्रीय कमिटीमा मनोनित गर्ने निर्णय गरेको थियो । एमालेले १०औं राष्ट्रिय महाधिवेशन मंसीर ११ देखि १३ सम्म चितवनमा आयोजना गरेको हो ।

प्रतिक्रिया