राप्रपाको उपाध्यक्ष भएर बस्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई माधव नेपालकाे सुझाव

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिक आकाशमा कालो बादल मडारिरहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टीनिकट अनेरास्ववियुको अखिल एप्स सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपालले राजतन्त्रलाई यसअघि हटाए पनि पुनः फर्काउने कोसिस भइरहेको भन्दै नेपालको राजनीतिक आकाशमा देखिएको कालो बादल हटाउनुपर्ने बताए ।

इतिहासमा सीमित भइसकेको राजतन्त्र फर्काउने कोसिस भइरहेको भन्दै उनले इतिहास अगाडि बढिसकेकाले पछाडि फर्किन सम्भव नभएको उल्लेख गरे । राजनीतिक गर्न मन लागे पार्टी खोल्न वा राजेन्द्र लिङ्देनलाई अध्यक्ष मानेर राप्रपाको उपाध्यक्ष भएर बस्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव पनि दिए ।

अध्यक्ष नेपालले जनताको बहुदलीय जनवादले लोकतन्त्रको मूल्य–मान्यतालाई आत्मसात् गर्ने भएकाले कम्युनिस्टलाई अधिनायकवादी भन्न नमिल्ने तर्क गरे । कार्यक्रममा अनेरास्ववियुको सदस्यता वितरण अभियानको पनि शुभारम्भ गरिएको थियो ।

प्रतिक्रिया