देउवा प्यानलले भ्रम फैलायो : शशांकको सचिवालय

काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदानको तयारी भइरहँदा उम्मदेवारहरु अन्तिम कसरतमा छन् ।

मतदातालाई आफ्नो पक्षमा पार्न अनेकन तिगडम अपनाइरहेका प्यानल एकअर्काका उम्मेदवारलाई पनि आआफ्नो प्यानलमा राखेर प्रचार गरिरहेका छन् ।

दौडमा रहेका शेरबहादुर देउवा पक्षले पनि केन्द्रीय सदस्यका उम्मेदवार शशांक कोइरालालाई आफ्नो प्यानलमा राखे मतपत्रको नमुना बाँडिरहेको छ । तर, शशांकको निजी सचिवालयले भने यसलाई भ्रम बताएको छ ।

शशांकका स्वकीय सचिव भरत तिवारीले शेखर कोइरालाको प्यानललाई नै सहयोग रहने बताए । तिवारीले भने, ‘उहाँ (शशांक) को नाम दुवै समूहले राखेका छन्, तर समर्थन शेखर कोइरालाको प्यानललाई नै हो ।’

यद्यपि, शशांक यसअघि नै शेखरसँग रुष्ट छन् । इतरबाट सभापतिमा साझा उम्मेदवारको पक्षमा रहे पनि शेखर र प्रकाशमान सिंहले नमानेपछि समूह छिन्नभिन्न भएको थियो ।

प्रतिक्रिया