अपी हिमाल आसपासका नागरिकका लागि तत्काल घोरेटो बाटो बनाउन संसदीय समितिकाे निर्देशन

काठमाडौं । संसदको पूर्वाधार विकास समितिले दार्चुलामा अपी हिमाल आसपासका नागरिकका लागि सदरमुकाम आउन घोरेटो बाटो तत्काल बनाउन सम्बन्धित् पक्षको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको समितिको बैठकमा सभापति दीपकबहादुर सिंहले अपी हिमाल आसपासका नागरिकका लागि सदरमुकाम आउन घोरेटो बाटो तत्काल बनाउन सम्बन्धित् पक्षको ध्यानाकर्षण गराएका हुन् ।

उनले महाकाली करिडोर सडकखण्ड बन्न अझै चार पाँच वर्ष लाग्ने देखिएको बताए । उनले घोरेटो बाटोसमेत नहुँदा भेडा, याक, चराउन लैजाने र फर्किने बेला भारतबाट सदरमुकाम फर्किनुपर्ने अवस्था रहेको जानकारी गराए ।

भारतको बाटोबाट आउँदा मानिस र भेडा तथा चौरीको पास बनाउन गाह्रो हुने गरेको आफूले त्यहाँको भ्रमणको बेला थाहा पाएको उनको भनाइ छ । उनले चार पाँच ठाउँमा नेपाल तर्फको बाटो पूर्ण रूपमा भत्केको हुँदा तत्काल बनाउन ध्यानाकर्षण पनि गराए । ‘यसका लागि धेरै बजेट पनि लाग्दैन । अपि हिमालको फेदमा बसेका हाम्रा नागरिकका लागि यो जरूरी छ,’ समितिका सचिव सिंहले भने ।

प्रतिक्रिया