वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओड धरौटीमा रिहा

काठमाडौं । वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका गायक गायक रवि ओड रिहा भएका छन् । आफ्नै श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाएर केही दिनअघि प्रहरीसमक्ष आत्मसमर्पण गरेका गायक ओड रू पाँच लाख धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार जिल्ला अदालतको आदेशमा ओड धरौटीमा बिहीबार साँझ रिहा भएका हुन् ।

ओडविरुद्ध उनकी श्रीमतीले चैत २० गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् । जतिबेला गायक ओड देशबाहिर थिए ।

स्वदेश फर्किएपछि उनी यही वैशाख २७ गते कञ्चनपुरको झलारीस्थित इलाका प्रहरी कार्यालयमा आफैँ उपस्थित भएका थिए । त्यस दिनदेखि सो कार्यालयको हिरासतमा रहेका गायक ओड जिल्ला अदालतको आदेश अनुसार बिहीबार साँझ रिहा भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया