नेविसंघको केन्द्रीय प्रवक्तामा सेजुवाल

काठमाडौं । नेपाल विद्यार्थी संघको प्रवक्तामा सुरज सेजुवाल नियुक्त भएका छन् । अध्यक्ष दुजाङ शेर्पाले अधिवक्तासमेत रहेका केन्द्रीय सदस्य सेजुवाललाई नेविसंघ केन्द्रीय समितिको प्रवक्ता तोकेका हुन् ।

अध्यक्ष शेर्पाले सेजुवाललाई केन्द्रीय समितिको प्रवक्ताको जिम्मेवारी तोकेर चिठी दिएका हुन् । जुम्लाका सेजुवाल नेपाल ल क्याम्पसमा नेविसंघ सभापति हुँदै केन्द्रीय समितिमा आएका हुन् ।

प्रतिक्रिया