कांग्रेस महाधिवेशन : वरिष्ठ नेता पौडेल मतदानमा सहभागी नहुने

काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले कसैलाई भोट नहाल्ने भएका छन् ।

आज बिहान ८ बजेदेखि भृकुटीमण्डपस्थित नेतृत्व चयनको लागि हुन लागेको मतदानमा पौडेल सहभागी नहुने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए ।

यस पटक सभापति पदका आकांक्षी रहेका पौडेलले आफ्नै समूहमा सहमति नजुटेपछि प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेका थिए ।

आफ्नै समूहबाट शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेपछि प्रतिस्पर्धाबाट आफू अलग रहेको पौडेलले घोषणा गरेका थिए ।

प्रतिक्रिया