क-कसले लिए उम्मेदवारी फिर्ता ? (नामसहित)

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवशेनमा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५७ जनाले नाम फिर्ता लिएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार दुई पदाधिकारी र ५५ केन्द्रीय सदस्यले उम्मेदवारी फिर्ता लिएका हुन् । एक सय ३४ केन्द्रीय कमिटीका लागि शनिबार भएको मनोनयन दर्ताका क्रममा पाँच सय ४८ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये आइतबार दिउँसो सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी (थारुतर्फ) सुरेन्द्रप्रसाद चौधरीले मनोनयन फिर्ता लिएका छन् ।

चौधरीले संस्थापन पक्षबाट उम्मेदवारी दिएका थिए । तर, संस्थापनको प्यानलमा बाराका उमाकान्त चौधरीले मनोनयन दर्ता गरेकाले सभापति शेरबहादुर देउवाको आग्रहमा सुरेन्द्रले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उमाकान्त कृष्णप्रसाद सिटौला पक्षबाट सहमहामन्त्रीको उम्मेदवार बनेका हुन् । पदाधिकारीबाहेक ५८ जना केन्द्रीय सदस्यका प्रत्यासीले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेसमा खुला, आरक्षित, महिला, दलित, मुसलमान, पिछडिएको क्लस्टरतर्फका ५८ केन्द्रीय सदस्यका उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन् ।

तिलक प्रसाद सुब्बा – आदिवासी जनजाति, राजेन्द्र ब गोर्खाली – खुला गरि फिर्ता लिने थप दुई रहेका छन् ।

प्रतिक्रिया