हाम्रो समूहले पहिलो चरणमै जित्छ : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमा नै जित हासिल गर्ने बताएका छन् । महाधिवेशनमा संस्थापन इत्तर समुहको नेतृत्व गर्दै सभापतिमा उम्म्दवारी दिएका कोइरालाले आइतबार विहान अनुपम फुडल्याण्डमा कार्यकर्ताहरूलाई आफ्नो समुहमा सक्षम र योग्य उम्म्दवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशत बढि मत ल्याएर जित हासिल हुने बताएका हुन् ।

उनले विपीले परिकल्पना गरे जस्तो र शुवर्ण शम्सेर, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, शुशिल कोइरालाले सपना देखे अनुसारको पार्टी गर्न आफ्नो टिम सक्षम रहेको दाबी गरे । कांग्रेसमा आबश्यक रुपान्तरण गर्न आफ्नो टिम सक्षम रहेकाले पनि आफूहरुको जित सुनिश्चित रहेको बताएका हुन । उनले उर्जा र अनुभव सहितको आफ्नो टिम कार्यकर्ताले चाहे जस्तो पार्टी बनाउन सक्षम रहेकाले आफ्नो समूहमा मतदान गर्न उनले कार्यकर्तालाई आग्रह समेत गरे ।

प्रतिक्रिया