पत्र लेखेर महाधिवेशन प्रतिनिधिसँग भोट माग्दै महेश आचार्य (यस्तो छ पत्र)

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा उपसभापति पदका उम्मेदवार महेश आचार्यले पत्र लेखेर महाधिवेशन प्रतिनिधिसँग भोट मागेका छन् । आज महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै उनले लेखेको पत्रमा मतदान गर्न जाँदा विचार रोज्न आग्रह गरेका छन् । ‘मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्ने? तपाईंको विवेकले उचित निर्णय गर्नेछ,’ आचार्यले भनेका छन् । आचार्यले शनिबार उपसभापति पदमा उम्मेदवारी दिएका थिए ।

उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । उनले पार्टीभित्र मर्न थालेको नीति र विचारको राजनीतिलाईघ नयाँ जीवन प्रदान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । ‘गुटबन्दीको धमिराले खाइराखेको संगठनको शक्तिलाई जोगाउनका लागि मेरो उम्मेदवारी हो । निष्ठाको राजनीति गर्ने साथीहरूको स्वाभिमानमाथि पैसा र बल प्रयोगको प्रहार रोक्नका लागि हो,’ उनले भनेका छन् ।

यस्तो छ पत्र:

प्रतिक्रिया