खेल-खेलाडी

ए डिभिजन लिग : मनाङ र संकटाको बराबरी

सौर्य अनलाइन २०७८ मंसिर १८ गते १६:३२ मा प्रकाशित

काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङले संकटासँग २-२ गोलको बराबरी खेलेको हो ।

संकटाका लागि निरज बस्नेत र उत्तम राईले समान एक एक गोल गरे । त्यस्तै, मनाङका लागि दयानन्द सिंह र फ्रान्कलिन क्वेटाले समान एक एक गोल गरे । दुवै टोली बीचको खेल निकै रोमान्चक भएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय