खेल-खेलाडी

टी–ट्वान्टी विश्वकप : आज भारत र पाकिस्तान खेल्दै

सौर्य अनलाइन २०७८ कार्तिक ७ गते १०:२९ मा प्रकाशित

काठमाडौं । टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज आज भारत र पाकिस्तानबीच खेल हुँदैछ । समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७:४५ बजे हुनेछ । भारत र पाकिस्तानबीचको कटुतापूर्ण सम्बन्धका कारण उनीहरुबीच हुने खेल चौतर्फी चासोको केन्द्रमा पर्दै आएको छ ।

दुबै टिमबीचको भिडन्त आईसीसी र एसीसीको प्रतियोगिताबाहेक हुने गरेको छैन । टी-ट्वान्टी फर्म्याटमा यी दुई टोलीबीच सन् २०१६ पछि आज खेल हुन लागेको हो । सन् २०१६ को टी–ट्वान्टी विश्वकपमा भारले पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय